No ads found for this position
No ads found for this position

नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि गोकर्णमा हुने

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१७ जेठ २०८२ ९:२३
36
Shares
No ads found for this position

काठमाडौं। नेपाल गल्फ संघले ११औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी मङ्गलबार देखि विहिबार सम्म ७२ पारको गोकर्ण गल्फ क्लबमा हुँदैछ।

तीन दिने ५४ होलको प्रतिस्पर्धामा नेपाल सहित दक्षिण एसियाका बङ्गलादेश, भुटान, श्रीलंका र भारतका गरी पाँच राष्ट्रका खेलाडीहरूले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्ने नेपाल गल्फ संघका महासचिव दीपक आचार्यले जानकारी दिए।

प्रतियोगितामा ४५ पुरूष र १० महिला गल्फरको सहभागीता रहने निश्चित भएको छ। आइतबारसम्म खेलाडीको नाम दर्ता गर्ने समय रहेकोले यो सङ्ख्या बढ्न सक्छ।

पुरूषतर्फ व्यक्तिगत र टिम स्पर्धा हुनेछ। पुरुष टिम स्पर्धामा प्रत्येक राष्ट्रले दुई दुई खेलाडी चयन गर्नेछन् र ३६ होलपछिको संयुक्त स्कोरका आधारमा विजेता घोषणा गरिनेछ।

आयोजक राष्ट्र नेपालले दुई टिम सहभागी गराउनेछ। नेपालको ‘ए’ टिममा नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राष्ट्रिय टिमका सदस्य राहुल विश्वकर्मा रहने निश्चित भैसकेको छ। नेपाल ‘बी’ टिमको टुङ्गो भने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

व्यक्तिगत तर्फ नेपालबाट ३० देखि ३५ खेलाडीको सहभागिता रहनेछ भने भारतबाट २ महिलासहित १० तथा श्रीलंकाबाट ४ खेलाडी आउनेछन्। त्यस्तै बंगलादेश तथा भुटानबाट २, २ जना खेलाडीको सहभागिता रहनेछ। नेपाली खेलाडीहरुमा कोशी र गण्डकी प्रदेशबाट ६,६ जना खेलाडी छनौट भएर दर्ता भएका छन्। अन्य खेलाडी बागमती प्रदेशबाट रहने नेपाल गल्फ संघका महासचिव दिपक आचार्यले बताए।

व्यक्तिगत पुरुष स्पर्धामा ३६ होलपछि कट लागु गरिनेछ। सहभागि खेलाडी मध्य उत्कृष्ट ६० प्रतिशतले अन्तिम १८ होलको लागि स्थान सुरक्षित गर्नेछन। महिला स्पर्धामा नेपाल र भारतका खेलाडीहरूको सहभागिता रहनेछ।

यो प्रतियोगिता वल्र्ड एमेच्योर गल्र्फ याङ्किङ ९डब्लुएजीआर० द्वारा मान्यता प्राप्त हो। प्रतियोगितामा सहभागी पुरुष तथा महिला खेलाडीहरूर्ले याङ्किङ अंक समेत प्राप्त गर्नेछन्।

विशेषगरी युवा खेलाडीहरूलाई प्रोत्साहन र उनीहरूको विश्व वरियताको लागि यो प्रतियोगिता महत्वपुर्ण रहने नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले बताए। घलेले प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने प्रायोजकहरू र समर्थकहरूलाई आभार व्यक्त गरे।

‘अब ११औं संस्करणमा प्रवेश गरेको नेपाल एमेच्योर ओपनले नेपाल र दक्षिण एसियामा युवा विकास प्रवद्र्धन र एमेच्योर गल्फको प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलिरहेकै छ।’ उनले थपे,

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद विकास परिषद्, गोकर्ण फरेष्ट गल्फ रिसोर्ट, शिखर इन्स्योरेन्स, सिटी एक्सप्रेस मनि ट्रान्सफर, सिटिजन बैंक, होटल मेची क्राउन, हिमालयन एयरलाइन्स, होटल रोयल सिंगी, नेपाल ओलम्पिक कमिटी तथा मेहेन्दो होटल एण्ड स्टुडियो सुइट्सले सहयोग गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *