No ads found for this position
No ads found for this position

महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता हुने

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१७ जेठ २०८२ १३:३३
356
Shares
No ads found for this position

काठमाडौं । प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना गरिने भएको छ।

शनिबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै प्रज्ञा स्मृति प्रतिष्ठानले नेपाल पुलिस क्लव भुटीमण्डपमा जेठ २४ गतेदेखि प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ ।
प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेश खेलकुद विकास परिषद, बागमती हेटौडाको सहयोग साथै नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ र काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो।

प्रतिष्ठानकी अध्यक्ष रेनु दाहालले प्रतियोगितामा पुरुषतर्फ ५ वटा वजन समूह र पुरुषतर्फ ६०, ६५, ७०, ७५ तथा ७५ केजी मन्दा माथिका समूहबीच प्रतिस्पर्धा हुने र महिलातर्फ खुला प्रतिस्पर्धा हुने जानकारी दिइन्।

उनले सबै जिल्ला तथा प्रदेशका महिला र पुरुष गरी १०० जनाको सहभागिताको अपेक्षा गरेको बताइन्। उनले प्रत्येक तौलका विजेता खेलाडीहरुलाई मेडल नगद पुरस्कार र प्रमाणपत्रले पुरस्कृत गरिनुका साथै विभिन्न विधामा पुरस्कारको कुल राशि १२ लाख १० हजार रहेको पनि जानकारी दिइन्।

प्रतिष्ठानले स्व.ज्ञानु दहाल र स्व.प्रकाश दहालको स्मृतिमा स्थापनाकालदेखि नै स्वास्थ्य, खेलकुद पर्यटन विकासका क्षेत्रमा विविध गतिविधि संचालन गर्दै आइरहेको जानकारी दिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *