जंगली हात्तीको आक्रमणबाट एक किसानको मृत्यु

डिसी नेपाल
१७ जेठ २०८२ १४:१२
176
Shares

सप्तरी । सप्तरीमा आज बिहान जंगली हात्तीको आक्रमणमा परी एक किसानको मृत्यु भएको छ।

आक्रमणबाट कञ्चनरूप नगरपालिका–१२ धरमपुर टोलका ६६ वर्षीय दशरथ भनिने केदारबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार घरदेखि पाँच सय मिटर पश्चिममा रहेको मकैबारीमा विष्टलाई हात्तीले आक्रमण गरेको थियो। हात्तीको दाह्रा उनको शरीरमा गाडिएको स्थानीय स्थानीय लिलबहादुर मगरले बताए। बँदेललगायत जनावरबाट मकै जोगाउन विष्ट राति एक्लै खेतमा जाने र कहिलेकाहीँ खेतमा बनाएको टौवा (छाप्रो) मा नै सुत्ने गरेकामा आज हात्तीको आक्रमणमा परी मृत्यु भएको उनले जानकारी दिए।

‘राति २ बजेतिर हात्ती कराएको आवाज आएको थियो, त्यतिबेला नै विष्टलाई हात्तीले मारेको हुनुपर्छ। बिहान टौवा नजिक भुईँमा लडेको देखेपछि प्रहरीमा खबर गरेका थियौँ’, मगरले भने। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.