मेडिकल पत्रका प्रधान सम्पादक बुद्धि कटेललाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’
काठमाडौं। मेडिकल पत्रका प्रधान सम्पादक बुद्धि कटेलले ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ पाएका छन्।
विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको आयात, उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्युनिकरण, नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याएको भन्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेल तथा सचिव डा विकास देवकोटाले अवार्ड प्रदान गरेका हुन्।
सो पुरस्कारबाट मेडिकल पत्रका प्रधान सम्पादक बुद्धि कटेलसहित सात जना पत्रकार, अभियन्ता तथा संस्थालाई प्रदान गरिएको गरिएको छ।
सम्मानितहरुलाई कदर पत्र तथा जनही ५० हजार रुपैयाँबाट सम्मान गरिएको हो। पुरस्कार पाउनेहरुमा भाइटल स्ट्राटेजी दक्षिण पूर्वी एसियाका निर्देशक डा तारासिंह बम, अनुसन्धानकर्ता लक्ष्मीनारायण देव, मेडिकल पत्र डटकमका सम्पादक बुद्धि कटेल, क्यान्सर काउन्सिल नेपालका रूद्र कडरिया, हेल्थ टिभी अनलाइनकी सम्पादक कल्पना आचार्य, नेपाली हेल्थ डटकमका सम्पादक, राम प्रसाद न्यौपाने, अनलाइनखबर डटकमका पत्रकार, पुष्पराज चौलागाईले सम्मान पाएका हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment