पुष्पराज चौलागाईंसहित चार पत्रकार सम्मानित
काठमाडौं । पुष्पराज चौलागाईंसहित चार पत्रकारलाई स्वास्थ्य मन्त्रालयले सम्मान गरेको छ।
विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार पत्रकारसहित सात जनालाई सम्मानित गरेको हो।
सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री, वितरण तथा सेवन गर्ने कार्यलाई नियन्त्रण न्यूनीकरण गर्न अनुसन्धानमूलक लेख, रचना, समाचार प्रकाशन तथा प्रसारण, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा निरन्तर पैरवी गरेवापत सम्मानित गरिएको मन्त्रालयले जनाएको छ।
अनलाइनखबरकर्मी चौलागाईंसहित रामप्रसाद न्यौपाने (नेपाली हेल्थ) , डा. तारासिंह बम (भाइटल स्ट्राटेजी), कल्पना आचार्य (हेल्थ टिभी अनलाइन), बुद्धि कट्टेल (मेडिकल पत्र), रूद्र कडरिया (क्यान्सर काउन्सिल नेपाल) र लक्ष्मीनारायण देवलाई पनि पुरस्कारसहित सम्मान गरिएको हो।
संघसंस्थाबाट भने क्यान्सर परिषद् नेपाललाई सम्मान गरिएको छ। पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment