नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै
काठमाडौं। नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली क्रिकेट टोली विश्वकप लिग टुको चौथो राउण्डको पहिलो खेलमा सोमवार स्कटल्याण्ड विरुद्ध मैदान उत्रन लागेको हो।
जसअनुसार नेपाली टोली ७ महिनापछि ओडिआई क्रिकेटमा फर्कन लागेको हो। नेपालले २ सय १० दिन अगाडि अमेरिकामा स्कटल्याण्डसँग नै पछिल्लो ओडिआई खेलेको थियो। नेपाल र स्कटल्याण्डबीचको त्यो खेल वर्षाका कारण रद्द भएको थियो। सोमबार नेपाली टोलीको ७४औं ओडिआई खेल हो।
नेपाल र स्कटल्याण्डबीच हालसम्म ८ खेल भएका छन्। जसमा नेपाल बलियो अवस्थामा छ। नेपालले ४ खेलमा जित हासिल गर्दा ३ मा स्कटल्याण्ड विजयी भएको छ। नेपाल र स्कटल्याण्डबीचको १ खेल भने रद्द भएको थियो।
स्कटल्याण्ड पछि नेपाल पर्सी नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाली टोलीः
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी
No ads found for this position



डिसी नेपाल
Facebook Comment