विप्लव समूहका ५ कार्यकर्ताद्वारा आत्मसमर्पण
काठमाडौं । विप्लव समूहका ५ कार्यकर्ताले आत्मसमर्पण गरेको छन्।
विगतका दिनहरुमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहमा सक्रिय रुपमा संलग्न रहँदै आएका ५ जना कार्यकर्ताले आत्मसमर्पण गरेका हुन्।
आत्मसमर्पण गर्नेहरुमा ध्रुव प्रसाद खनाल, श्याम बहादुर बयलकोटी, बिष्णु प्रसाद खतिवडा, २६ को केशवराज खतिवडा र दिपेन्द्र कुमार श्रेष्ठ रहेको धादिङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।
उनीहरुले बिप्लव समुहसंग भएको सबै सम्बन्ध टुटाई कानूनको पुर्ण पालना गरी सामान्य जीवन यापन गर्ने भन्दै आत्म समर्पण गरेको उनले बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment