देशका विभिन्न स्थानमा सात जनाको शव फेला

डिसी नेपाल
२० जेठ २०८२ १२:३८
7.5k
Shares

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा सात जनाको शव फेला परेको छ। काठमाडौं महानगरपालिका-३१ भीमसेन गोलास्थित भत्केको पुलमुनी पहिचान नखुलेका अन्दाजी ४९ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन्।

मोरङको लेटाङ नगरपालिका-३ ईमानसिंह चेम्जोङ पार्क अगाडि सोही नगरपालिका-६ सालबारी बस्ने ६० वर्षीय शन्त बहादुर दर्जी सोमबार मृत अवस्थामा फेला परेका छन्।

सप्तरीको राजबिराज नगरपालिका-१२ बस्ने २२ वर्षीय राधेश्याम खंग बिष्णुपुर गाउँपालिका-६ गोरगामास्थित नहरमा सोमबार मृत अवस्थामा फेला परेका छन्।

धनकुटाको धनकुटा नगरपालिका-१ हिले थिङटोल बस्ने ८१ वर्षीय चन्द्र बहादुर राई सोही ठाउँस्थित विद्युत कार्यालय छेउमा सोमबार मृत अवस्थामा फेला परेका छन्।

प्युठानको प्युठान नगरपालिका-४ कार्कीडाँडा बस्ने ७५ वर्षीय हर्क बहादुर नेपाली आफ्नै घरको पिँढीमा सोमबार मृत अवस्थामा फेला परेका छन्।

चितवनकझ इच्छाकामना गाउँपालिका-४ कुरिनटार बजारमा पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.