सलमानले रानु मण्डललाई ५५ लाखको घर किनिदिएको समाचार झुटो, यस्तो छ वास्तविकता

डिसी नेपाल
१४ भदौ २०७६ ११:३०

एजेन्सी। रेलवे स्टेशनमा गाएको गीतका कारण भाइरल भएर रियालिटी शोसम्म पुगेपछि चर्चामा रहेकी भारतीय गायिका रानु मण्डललाई सलमान खानले ५५ लाखको घर किनिदिएको खबर केही दिनदेखि भाइरल भएको छ । तर, यो समाचार झुटो भएको पाइएको छ । अहिले भारतीय मिडियामा सलमान खानले रानुलाई कुनै उपहार नदिएको समाचार प्रकाशित भएको छ।

कोलकात्ताको राणाघाटमा रहेको ‘अम्रा शोबई शोइतान क्लब’का सदस्य विक्की विश्वासले सलमानले रानुलाई कुनै उपहार नदिएको प्रस्ट पारेका हुन् । विक्कीले भनेका छन्, ‘हाम्रो क्लबका दुई सदस्यले रानु मण्डलको भिडियो राणाघाट रेल्वे स्टेशनमा खिचेका थिए, जुन सामाजिक सञ्जालमा भाइरल भयो । त्यतिबेलादेखि हामीले नै रानु मण्डलको रेखदेख गरिरहेका छौँ । सलमान खानले ५५ लाखको घर उपहार दिएको हामीलाई थाहा छैन । यो फेक न्यूज हो, जुन सामाजिक सञ्जालमा फैलाइएको छ ।‘

यद्यपी हिमेश रेशमियाले भने रानु मण्डलका लागि धेरै गरेको विक्कीले बताए । हिमेशले उनलाई मुम्बई आउने–जाने खर्च व्यहोरेको उनले जानकारी दिए । विक्कीका अनुसार रानु मण्डललाई अहिलेसम्म सोनी टिभीको रियालिटी शो ‘सुपरस्टार सिंगर’ मा भाग लिए बापत जे–जति रकम प्राप्त भएको थियो उनले पाएको त्यति मात्र हो । त्यसबाहेक रानुलाई अरु कसैबाट सहयोग भएको छैन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *