राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन गैरआवासीय नेपालीको माग

डिसी नेपाल
२६ जेठ २०८२ १३:३०
136
Shares

काठमाडाैं। गैरआवासीय नेपालीहरुले राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग गरेका छन्।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरुले गैरआवासीय नेपालीलाई राज्यले प्रदान गरेको नागरिकतालाई नेपालकै निकायहरुले मान्यता नदिएकाले राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग गरेका हुन्।

गैरआवासीय नेपालीहरुलाई अहिले गैर आवासीय नागरिकता प्रदान हुदै आएको छ। तर अंशबण्डा लगाएतमा गैर आवासीय नागरिकतालाई मान्यता नदिएको उनीहरुको गुनासो छ।

छलफलका क्रममा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाली नागरिकसरहको अधिकार हुने गरि नागरिकता प्रदान गर्नुपर्नेमा जोड दिए।

उनले सांसद हुन चाहने व्यक्ति नेपालको नागरिकमात्रै हुनुपर्नेमा आफुहरु स्पष्ट रहेको भन्दै अन्य अधिकार प्रयोग गर्न पाउने गरि नागरिकता दिने व्यवस्था कानूनमा गर्नुपर्ने उल्लेख गरे।

त्यस्तै गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष रविना थापाले मालपोतले समेत नचिन्ने गैर आवासीय नागरिकताले समस्या उत्पन्न भएकाले वंशको आधारमा नागरिकता लिएका नेपाली नागरिकतालाई निरन्तरता दिनुपर्ने सुझाव दिइन्।

त्यस्तै ब्रिटिस गोर्खा सैनिकहरुले पनि नागरिकतामा बिभेद भएकाले अव कानून बनाउदा त्यसमा ध्यान दिनुपर्ने उल्लेख गरेका थिए।

समिति सभापति रामहरि खतिवडाले गैरआवासीय नेपालीका लागि प्रदान गरिने नागरिकताका सम्बन्धमा सरकारले स्पष्ट धारणा ल्याउने र त्यसलाई विधेयकमा समावेश गरिने प्रतिवद्धता जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.