संसदमा प्रतिपक्षीको अबरोध कायमै, आधा घन्टाका लागि स्थगित

डिसी नेपाल
२६ जेठ २०८२ १५:५९
48
Shares

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज पनि चल्न सकेन। सभामुख देवराज घिमिरेले संसद सुचारू भएको जानकारी दिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले अबरोध गरेका थिए।

सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिन लागेको जानकारी दिए पनि प्रतिपक्षी सांसदहरूले हो होल्ला गरे पछि बैठक आधा घन्टाका लागि स्थगित गरेका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा एवं छानबिन समितिको अडानसहित विपक्षी दलहरूले निरन्तर संसद अवरोध गरिरहेका छन्। आज पनि बैठक सुचारू गरे लगत्तै अबरोध भए पछि सभामुख घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन्।

प्रतिनिधिसभा बैठक गत जेठ १३ गतेदेखि निरन्तर अबरोध भइरहेको  छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *