राज्यले विवेक गुमाउन लागेको हो कि भन्ने आशंका हुन थाल्यो : पूर्ण बस्नेत

डिसी नेपाल
२८ जेठ २०८२ १६:३८
24
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राज्यले विवेक गुमाउने हो कि भन्ने आशंका हुन थालेको बताएका छन्।

समाचारकै विषयलाई लिएर जिल्ला अदालत काठमाण्डौले पत्रकार दिलभूषण पाठकलाई पक्राउ पूर्जी जारी गरेपछि उनले उक्त टिप्पणी गरेका हुन्।

बस्नेतले उक्त आदेश प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यता र नेपालको संविधान २०७२ ले गरेको व्यवस्था र मर्मविपरित भएको बताएका छन्।

भ्रष्टाचार र अनियमितताका विषय बाहिरिदा राज्य असहिष्णु हुनुपर्ने कारण नहुने भन्दै राज्यको चरित्रप्रति उनले कटाक्ष गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *