आज दुई वटा संसदीय समितिको बैठक बस्दै

डिसी नेपाल
३० जेठ २०८२ ७:४३
28
Shares

काठमाडौं। संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ।

शुक्रबार बस्ने यी बैठकहरूमा विभिन्न महत्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ।

बिहान १०ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ४१औं बैठकमा वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्र मन्त्रालयसँग छलफल गरिने कार्यसूची रहेको छ।

यसैगरी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ८ बजे बस्दैछ।

बैठकमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुक ९ग्।ब्।भ्।० मा बैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *