कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्ने छ : शेरबहादुर देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्ने बताएका छन्।
राष्ट्रिय लोकतान्त्रिक अपांग संघले शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले मुलुकका सवै तहमा राजनीतिक तहमा सवैको प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्ने बताएका हुन्।
समावेशी नेतृत्व बिकासका लागि पार्टीको घोषणापत्र दस्तावेजमा अपांगता सवालहरू स्पष्ट उल्लेख गर्नुपर्ने उनले बताए। सभापति देउवाले अबको बाटो संकल्प र कार्यान्वयको भएकाले कुरामा नभइ काममा ध्यान दिनुपर्ने जिकिर गरे। उनले समावेशी नेतृत्व बिकासका लागि व्यारियर फ्रि लिडरसीप जस्ता कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिए।
त्यस्तै सभापति देउवाले पार्टी कार्यालयलाई पूर्णरुपमा अपांगमैत्री बनाउने प्रतिवद्धता समेत जनाए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment