संस्कृति नीति चाँडै पारित हुन्छ: मन्त्री पाण्डे
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले संस्कृति नीति चाँडै मन्त्रिपरिषद्बाट पारित हुने बताएका छन्।
शनिबार काठमाडौमा आयोजित नेपाल–जापान संस्कृति आदानप्रदान कार्यक्रम’मा बोल्दै मन्त्री पाण्डेले प्रस्तावित संस्कृति नीति छिट्टै पारित हुने बताएका हुन्।
कार्यक्रममा उनले हरेक संस्कृतिले आफ्नै सभ्यता र पहिचान बोकेको हुने भन्दै नेपालको मौलिक संस्कृतिलाई अब अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्नुपर्ने आवश्यकता देखिएको जिकिर गरे।
आयोजित ‘नेपाल–जापान संस्कृति आदानप्रदान कार्यक्रमले दुई देशिय सस्कृती आदानप्रदानमा ठुलो टेवा पुराउने बताउदै उनले यसैगरी निजि क्षेत्रले योगदान गर्दै जानू पर्नेमा जोड दिए।
उनले भने, ‘संस्कृति कुनै पनि समाजको आत्मा हो। जसले मुलुकलाई जिवित राखेको हुन्छ।’ उनले जापानको अनुशासित, मर्यादित र सुसंस्कृत जीवनशैलीको प्रशंसा गर्दै नेपालले त्यहाँबाट प्रेरणा लिन सक्ने धारणा व्यक्त गरे ।
यस्तै उनले भने, ‘हामी जापानबाट सम्मानजनक सुसंस्कृति ग्रहण गर्न चाहन्छौं र जापानी नागरिकहरूलाई नेपालको सांस्कृतिक विविधता नजिकबाट अनुभव गर्न हार्दिक पनि निमन्त्रणा दिन्छौं।’
मन्त्री पाण्डेले संस्कृति प्रवर्द्धन र संरक्षणमा सरकारको भूमिका नीतिगत स्तरमा केन्द्रित हुने बताउँदै त्यसको सफल कार्यान्वयनमा निजी क्षेत्रको योगदान अपरिहार्य रहेको पनि बताए।
कार्यक्रममा जापानबाट आमन्त्रित कलाकारहरू, नेपाली सांस्कृतिक क्षेत्रका विज्ञ एवं कलाकार, निजी क्षेत्रका प्रतिनिधि तथा विभिन्न विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment