मिलिजुलीको तीज रमाईलोमा जेष्ठ महिला सम्मानित

डिसी नेपाल
१५ भदौ २०७६ ९:२१

काठमाडौं। मिलिजुली समूहले महिला जेष्ठ नागरिकलाई सम्मानित गरेको छ। सिरहा जिल्लाको भलुवाही पदमपुर घर भइ काठमाडौंमा बस्दै आएका युवाहरूको समूह हो, मिलिजुली समूह। जसले सामाजिक क्षेत्रमा विशेष काम गर्दै आएको छ।

काठमाडौंमा शनिबार आयोजित तीजको शुभकामना आदानप्रदान कार्यक्रमकी प्रमुख अतिथि अन्नपूर्णा शर्मा तथा अतिथि ऋषिकुमार ठाकुरले जेष्ठ महिलाहरूलाई दोसल्ला ओढाएर सम्मान गरिन्।

कार्यक्रममा पूर्व प्रशासक राममणि उपाध्यायले समूहले यस किसिमको काम गरेर गाउँको सम्झना दिलाएको उल्लेख गरे।
जेष्ठ नागरिक ज्ञानी देवी ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा डा. विमलकुमार शर्मा, अवधेश गौतम, नत्थु बास्कोटा, मनिषा भट्टराई र ममता बास्कोटाले बोलेका थिए।

कार्यक्रममा जेष्ठ महिलाहरू ज्ञानी देवी ढकालसहित भुवनेश्वरी गौतम, मिनु रेग्मी, रमा उपाध्याय, इन्दिरा शर्मा, विणा उपाध्याय, मिठू पोखरेल, बिन्दु अधिकारी, निर्मला देवी अर्याल, कौशल्या देवी अधिकारी, माधुरी देवीलगायतलाई सम्मान गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *