आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका आर्थिक मामिला उपसमिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ।
विहान ११ बजे बस्ने आर्थिक मामिला उपसमितिको बैठकको बैठकमा मिति २०८२÷०२÷१५ गतेको बजेट बक्तब्यबाट सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोवारमा लगाइएको करका कारण आन्दोलनरत व्यवसायीहरुसँग छलफल गरिने कार्यसूची रहेको छ।
यसैगरी बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment