छायाँकन अगावै ‘प्रेमगीत ३’को विदेश राइट्स ९५ लाखमा बिक्री

डिसी नेपाल
१५ भदौ २०७६ १४:५४

काठमाडौं। छायाँकन शुरु नहुँदै चर्चामा छ, चलचित्र ‘प्रेम गीत ३’। यो चलचित्रको ‘ओभरसिज राइट्स’ महङ्गो शुल्कमा बिक्री गरिएको छ।

शुक्रबार साँझ निर्माता सन्तोष सेनको जन्मदिनको अवसर पारेर निर्माण पक्षले दाताज ईभेन्टस्का दाताराम घिमिरेसँग ‘ओभरसिज राइट्स’को सम्झौता गरेका हुन्।

यस बहुप्रतिक्षित चलचित्रले ‘ओभरसिज राइट्स’को लागि ९५ लाखको मोटो रकम प्राप्त गरेको छ। सम्झौतासँगै यो चलचित्र विदेशमा प्रदर्शन गर्न ईच्छुकले दाताज ईभेन्टससँग सम्पर्क गर्नुपर्ने छ।

यसअघि चलचित्र ‘प्रेमगीत २’ले पनि ओभरसिज बिक्रीमा महङ्गो शुल्क पाएको थियो।

प्रदीप खड्का, क्रिष्टिना गुरुङ्ग, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा, माओत्से गुरुङ्ग, अनुभव रेग्मी, प्रेम पुरी, सन्तोष सेन, क्रिजन गौतम लगायतको अभिनय रहने चलचित्र दशैंपछि छायाँकनमा जाने निर्माण टिमको तयारी छ।

चलचित्रलाई सन्तोष सेन र छेतन गुरुङ्ग मिलेर निर्देशन गर्नेछन्। चलचित्र चैत २८ गते रिलिज हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *