एएफसी एसियन कप छनोट खेल्न उज्वेकिस्तान जाने नेपाली महिला टोलीको बिदाई

डिसी नेपाल
९ असार २०८२ १९:३०
84
Shares

काठमाडौं। उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट खेल्न जाने नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाई गरिएको छ।

सोमबार काठमाडौंमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमको आयोजना गरि नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाई गरेको हो। बिदाई कार्यक्रममा नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्वाले एसियन कप छनोटका लागि नेपाली टीमको तयारी निकै राम्रो भएको बताइन्। एएफसी एसियन कप छनोट नेपालीका लागि ठूलो मौका भएकाले यसमा राम्रो नजिता आउने गरि प्रदर्शन गर्ने उनले बताइन्।

त्यस्तै नेपाली राष्ट्रिय महिला टोलीकी सदस्य सावित्रा भण्डारीले एसियन कप छनोटका साथै सबै खेलाडी उत्साहित रहेको र नजिता पनि राम्रो आउने विश्वास व्यक्त गरिन्। त्यस्तै प्रशिक्षक प्याट्रिक डे वाइल्डले महिला टोलीको प्रशिक्षण निकै राम्रो भएकाले खेलमा सकारात्मक असर देखिने बताए।

एसियन कप छनौट चरणमा नेपाल र आयोजक उज्वेकिस्तानसँगै समूह एफ मा लाओस र श्रीलंका पनि रहेका छन्। समूहको विजेताले अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछन्। नेपालले लाओससँग असार १५, श्रीलंकासंग असार १८ र उज्वेकिस्तानसँग असार २१ गते खेल्नेछ। एसियन कप भने सन् २०२६ मार्चमा अष्ट्रेलियामा हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *