इजरायल र इरानबीच युद्धविराम सुरु

डिसी नेपाल
१० असार २०८२ १२:१५
1.0k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा लेखेको पोस्टमा भनेका छन्, “युद्धविराम अब सुरु भएको छ। कृपया यसको उल्लंघन नगर्नुहोस्!”

यसअघि ट्रम्पले ट्रुथ सोसलको एक पोस्टमा इजरायल र इरानबीच युद्धविरामको घोषणा गरेका थिए।

हिजो राति इजरायलले तेहरानमा धेरै क्षेप्यास्त्र आक्रमण गरेको थियो। यसपछि इरानले मंगलबार बिहान पनि इजरायलमा क्षेप्यास्त्र प्रहार गरेको थियो। इरानको आक्रमणमा चार जनाको मृत्यु भएको थियो।

इरानको सरकारी सञ्चारमाध्यमले युद्धविराम सुरु हुनुभन्दा अघि “अन्तिम चरणको क्षेप्यास्त्र” प्रहार गरिएको बताएको छ।

इजरायली एम्बुलेन्स सेवा म्यागेन डेभिड एडोमले चार जनाको मृत्यु बाहेक २२ जना घाइते भएको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *