शाहिद कपुर र इशानले नयाँ भाइ पाए

डिसी नेपाल
१५ भदौ २०७६ १६:५३

एजेन्सी। अभिनेता शाहिद कपुरका सौतेनी बुबा राजेश खट्टर बुबा बनेका छन्। राजेश ‘धडक’ नायक इशान खट्टरका बुबा हुन्। राजेश र उनकी श्रीमती वन्दना साजनानीले पहिलो सन्तानका रूपमा छोरा वंशराज कृष्णालाई जन्म दिएका हुन्। आमाबाबुको नामबाट छोराको नाम वंशराज राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

राजेशको वन्दनासँग ११ वर्षअघि बिहे भएको थियो। त्यसअघि उनी शाहिदकी आमा निलिमा अजिमका श्रीमान थिए। यस नाताले राजेशका छोरो शाहिदका भाइ हुन्। निकै प्रयासपछि आफूहरूले सन्तान पाएको बताउँदै राजेशले भनेका छन्, ‘५० वर्ष बढी उमेरमा बुबा बन्नु आफैंमा चुनौतीपूर्ण हो। फेरि हामी धेरैपटक असफल भएका थियौं।’

उनका अनुसार वन्दनाको तीन वटा गर्भपतन भएको थियो। आइभिएफ लगायत अरू प्रविधि पनि असफल भएपछि उनीहरू निराश भएका थिए। यस्तैमा वन्दना गर्भवती भइन् र उनका जुम्ल्याहा बच्चा भएको डाक्टरहरूले बताए। तर तीन महिनामै समस्या आएपछि वन्दना अस्पतालै बस्नुपर्यो। यो क्रममा उनीहरूका एक सन्तान मात्र बाँचे।

साढे दुई महिना ‘एनआइसियू’ मा राखेर खट्टर दम्पत्तीले गत कृष्णाअस्टमीका दिन बच्चालाई घर ल्याएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ‘हामी कति धेरै खुसी छौं भन्ने शब्दमा बयान गर्न सक्दैनौं,’ राजेशले भनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *