नेपालः अध्यात्म, आकर्षण र अवसरको उज्यालो भूमि

डिसी नेपाल
१० असार २०८२ १३:२०
156
Shares

नेपाल एउटा यस्तो देश हो, जहाँ देवत्व धर्तीमा टेकेको अनुभव हुन्छ। हिमालयका काखमा फैलिएको, वैदिक ऋषिमुनिहरूको तपोभूमि, बौद्ध दर्शनको जन्मस्थल, किरात बोन धर्मलम्वीको पबित्र भूमि अध्यात्म, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यको जीवन्त संगम हो।

यहाँ हरेक पाइलामा शान्ति, परम्परा र सम्भावनाको उज्यालो भूमि जँहा अध्यात्म, आकर्षणको केन्द्र हो। नेपाल विश्वको एक सानो तर सुन्दर राष्ट्र हो। यहाँ हिमालको काखमा बसेको शान्त सौन्दर्य, सांस्कृतिक वैभव र अध्यात्मिक गहिराइ एकआपसमा समाहित छन्।

प्रकृतिको अनुपम उपहारले भरिएको यो भूमि केवल भौगोलिक दृष्टिले मात्र नभई मानवीय चेतनाको उचाइबाट पनि विशिष्ट छ। नेपाल साँचिकै ‘अध्यात्म, आकर्षण र अवसरको उज्यालो भूमि’ हो।

नेपाल सनातनीहरुको केन्द्रस्थल हो। विश्वका प्राचीनतम् धार्मिक परम्पराहरू-हिन्दू धर्म, बौद्ध धर्म, किराँत धर्मलगायत सनातनीहरुको उद्गमस्थल हो। लुम्बिनी, भगवान बुद्धको जन्म भयो, आज विश्वभरका लाखौं मानिसको लागि आस्थाको केन्द्र बनेको छ।

यस्तै, पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम, स्वयम्भूनाथ, बौद्धनाथ लगायतका स्थलहरूले नेपालको आध्यात्मिक गरिमा उजागर गर्छन्। यस्ता पवित्र स्थलहरूले नेपाललाई अध्यात्मको केन्द्र बनाएका छन्।

यहाँ बसोवास गर्ने मानिसको जीवनशैलीमा धर्म, संस्कार, र साधनाको गहिरो प्रभाव देखिन्छ। हरेक पर्व, पूजा वा मेलामा मानिसहरूको आस्था र भक्ति झल्किन्छ।

यहाँका परम्परागत चाडपर्वहरू दशैं, तिहार, तीज, छठ, ल्होसार, योमरी होलीपूर्णिमा, लगायतका संस्कारहरूले जीवनलाई नियम, संयम र समर्पणसँग जोड्ने काम गर्छन्। अनादिकालदेखि नेपालमा ध्यान, योग, र साधनाका माध्यमबाट आत्म-परिचय र चेतनाको उन्नतिको अभ्यास चलिआएको छ।

यिनै अभ्यासले नेपाललाई पश्चिमी जगतका लागि पनि एक आकर्षक आध्यात्मिक गन्तव्य बनाएको छ । नेपालको भौगोलिक विविधता र प्राकृतिक सुन्दरता संसारकै अनुपम छ।

सगरमाथालगायत आठवटा आठहजार मिटरभन्दा अग्ला हिमशृंखला, अन्नपूर्णा पदमार्ग, चितवन राष्ट्रिय निकुञ्ज, पोखराको फेवा ताल, बर्दियाको जंगली सौन्दर्य यी सबैले पर्यटकलाई लोभ्याउँछन्।

त्यसैगरी, काठमान्डौं उपत्यकाका दरबार, मठमन्दिरहरू, विश्व सम्पदा सूचिमा सुचीकृत स्थलहरू, नेवार संस्कृति, लोककला र वास्तुकलाले पनि ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले गहिरो आकर्षण सिर्जना गरेका छन्।

नेपाल आज विकास र सम्भावनाका दिशातर्फ अग्रसर हुँदैछ। पर्यटन, कृषि, जलविद्युत्, सूचना प्रविधि र सेवा क्षेत्रहरूमा नेपालमा अपार सम्भावना रहेको छ। यिनै सम्भावनाहरूले देशको आर्थिक विकासलाई द्रुत गतिमा लैजाने आधार बनिरहेका छन्।

नेपाल केवल एक भौगोलिक स्थान होइन, यो मानव चेतना, प्रकृति र सम्भावनाको संगम हो। अध्यात्मिक शान्ति खोज्नेका लागि, सौन्दर्यको खोजी गर्नेका लागि नेपाल साँचिकै एक उज्यालो भूमि हो। यो राष्ट्रले विश्वलाई दिन सक्ने सन्देश स्पष्ट छः “शान्तिको र अध्यात्मको चेतना, नेपाललाई हेर्दा एउटा चस्माबाट मात्र हेर्ने देश होइन।

यो अध्यात्मको गहिराइ, सौन्दर्यको विविधता र सम्भावनाको उज्यालो संगम हो। धार्मिक शान्तिका खोजीमा निस्किनेहरूका लागि नेपाल एक पबित्र भूमि हो; सांस्कृतिक अनुभव र प्रकृति पारखीहरूका लागि एक स्वर्ग हो; र लगानी, व्यवसाय वा नवप्रवर्तन गर्न चाहनेका लागि अवसरको भूमि हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.