आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ, बजेट सन्तुलित छ : प्रधानमन्त्री ओली

डिसी नेपाल
१० असार २०८२ १७:०८
36
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी जसो गरे पनि हुने भन्दै बजेट सन्तुलित विकास हुने गरी ल्याइएको बताएको छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री कार्यालय, राष्ट्रपति, उपराष्ट्रपति कार्यलयगायत बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले प्रस्तुत बजेट तुलनात्मकरूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक रहेको दाबी गरे।

उनले भने,सरकारले प्रस्तुत गरेको बजेट तुलनात्मकरूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक रहेको कुरामा विशेष जोड दिन चाहन्छु। भौगोलिक, क्षेत्रगत, विषयगतरूपमा आवश्यकता र सन्तुलनका आधारमा देशको सन्तुलित विकास हुने गरी बजेट ल्याइएको हो। बजेट यहाँमात्रै होइन, कहीँ पनि सर्वसम्मति भएको र सबै माननीय सन्तुष्ट भएको, हाम्रो जस्तो माननीयहरू र बजेटको सम्बन्ध सम्पर्क नरहेका देशमा पनि मैले भेटेको छैन। आलोचना, टिप्पणी त जसो गरे पनि हुन्छ।’

त्यस्तै उनले लोकतन्त्र र संविधानप्रति आफूले कुनै पनि सम्झौता नगर्ने भन्दै आफूलाई गाली आउँदा सहने तर संविधानमाथिको अपमान नसहने बताए।

उनले भने, ‘म आफूलाई आलोचना, विरोध, गाली सहन्छु तर सहितदप्रतिको अपमान, बलिदानप्रतिको अपमान, विगतका संघर्षको अपमान, प्रणालीको अपमान, संविधानको अपमान यो कुरा सैह्य हुँदैन। माननीयज्यूहरुले बोल्दा यी कुराहरुमा संयम अपनाएर बोलौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.