प्रतिनिधिसभाबाट बजेट पारित
काठमाडौं। प्रतिनिधिसभाको बैठकबाट विनियोजन विधेयक २०८२ पारित भएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विनियोजन विधेयक २०८२ लाई पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो।
त्यसअघि बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत मन्त्रालयहरुको बिभिन्न शीर्षकहरुमाथि सांसदहरुले प्रस्तुत गरेको २३ वटा खर्च कटौतीका प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा अस्वीकृत भएको थियो।
सरकारले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रूपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment