काठमाडौंमा गुडिरहेको स्कुटरमा आगलागी
काठमाडौं । गुडिरहेको इलेक्ट्रिक स्कुटरमा आगलागी भएको छ। रत्नपार्कमा बुधबार बिहान करिब ९:४० बजेतिर बागमती प्रदेश ०२-०१९ प ६२४५ नम्बरको स्कुटरमा आगलागी भएको हो।
आगलागीको जानकारी पाउनासाथ नेपाल प्रहरीको टोली तत्काल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको प्रहरी वृत्त, सिंहदरबारले जानकारी दिएको छ। ३३ वर्षीया चालक सकुशल रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे आवस्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment