सर्यो एमाले सचिवालय बैठक
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक दुई घण्टा पछि सरेको छ ।
बुधबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे बस्ने तय भएको सचिवालय बैठक दिउँसो ३ बजेका लागि सारिएको हो।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक ३ बजेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।
बैठकमा विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने उनको भनाइ छ। एमालेले आगामी २० देखि २२ भदौसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment