ब्रिक्स संगठनद्वारा इरानमाथि इजरायलको आक्रमणको आलोचना
काठमाडौं । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका लगायतका देशहरू सम्मिलित ब्रिक्स समूहले इरान विरुद्धको सैन्य आक्रमणप्रति चिन्ता व्यक्त गरेको छ।
‘ब्रिक्स’ ले संयुक्त विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ , “हामी जुन १३ देखि इरान विरुद्ध भइरहेको सैन्य आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दछौं। यो आक्रमण अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र संघको बडापत्रको उल्लङ्घन हो।”
ब्रिक्सले सबै पक्षहरूलाई शान्तिपूर्ण माध्यमबाट मतभेद समाधान गर्न संवाद र कूटनीति जारी राख्न पनि आह्वान गरेको छ।
ब्रिक्सको यो बयान यस्तो समयमा आएको हो जब हालै भारतले सांघाई सहयोग संगठन (एससीओ) को बयानबाट आफूलाई टाढा राखेको थियो जसमा इरानमाथिको आक्रमणको लागि इजरायलको आलोचना गरिएको थियो।
तर भारतले ब्रिक्सको यो भनाइबाट आफूलाई टाढा राखेको छैन।
समूहले भनेको छ – हामी “शान्तिपूर्ण आणविक प्रतिष्ठानहरू” विरुद्ध हुने कुनै पनि आक्रमणको बारेमा “गम्भीर चिन्ता” व्यक्त गर्दछौं जुन अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को सान्दर्भिक प्रस्तावहरूको उल्लङ्घन गरेर गरिन्छ।
अमेरिका र इजरायलले इरानको आणविक स्थलहरूमा आक्रमण गरेका थिए। ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका मिलेर बनेको यो समूहलाई ब्रिक्स भनिन्थ्यो, तर यो विस्तार भयो।
ब्रिक्समा अब साउदी अरेबिया, इजिप्ट, इथियोपिया, इरान, संयुक्त अरब इमिरेट्स र इन्डोनेसिया पनि सामेल छन्।







डिसी नेपाल







Facebook Comment