इजरायल र हमासको युद्धविराम सम्झौताको प्रगति कहाँ पुग्यो ? हमासका नेता के भन्छन् ?
काठमाडौं । हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएअनुसार गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको लागि नयाँ सम्झौतामा पुग्न मध्यस्थकर्ताहरूले प्रयासहरू तीव्र पारेका छन्, तर इजरायलसँग अझै वार्ता भइरहेको छैन।
यो बयान यस्तो समयमा आएको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविराममा सहमत भएदेखि ‘ठूलो प्रगति’ भइरहेको बताएका छन्।
ट्रम्पले दाबी गरे – मध्य पूर्वका लागि उनका विशेष दूत स्टिभ विटकफले इजरायल र हमास सम्झौताको “धेरै नजिक” रहेको विश्वास गर्छन्।
यसैबीच, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार इजरायली आक्रमणमा ४५ प्यालेस्टिनीको मृत्यु भएको बताएको छ।
यसैबीच, इजरायली सेनाले मंगलबार भएको बम आक्रमणमा आफ्ना सात सैनिक मारिएको बताएको छ। हमासले यस आक्रमणको जिम्मेवारी लिएको छ।







डिसी नेपाल







Facebook Comment