इरानबाट उद्धार गरिएका तीन नेपाली नागरिक दिल्ली आइपुगे
काठमाडौं । बिहीबार ३ जना नेपाली नागरिक इरानबाट दिल्ली आइपुगेका छन् । भारतको सहयोगमा उनीहरूलाई इरानबाट उद्धार गरेर दिल्ली ल्याइएको हो । भारतले उद्धार गरेका २७२ भारतीयसँगै तीन नेपाली नागरिक इरानबाट दिल्ली पुगेका हुन्।
यो जानकारी भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दिएका हुन्। रणधीर जयसवालले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भनेका छन् – ‘अपरेशन सिन्धु’ अन्तर्गत अहिलेसम्म ३४२६ भारतीयहरूलाई इरानबाट बाहिर निकालिएको छ। इजरायल र इरान बीचको द्वन्द्व पछि, भारत सरकारले ‘अपरेशन सिन्धु’ सुरु गरेको हो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment