स्रोत नखुलेको रकम सहित एक जना पक्राउ 

डिसी नेपाल
१३ असार २०८२ ८:२४
148
Shares

रौतहट । रौतहट प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रकम सहित एक जनालाई पक्राउ  गरेको छ ।

गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय नजिकको सडकमा विभिन्न सावारी र पैदल यात्रीहरुलाई रोकी जाँच गर्ने क्रममा  युवकलाई  पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गौर–१ ट्रान्सफर्मर चोकका ३० वर्षीय मोहम्मद करमान रहेको प्रहरीले जानकारी दिएको छ ।

भारतको बैरगनियाबाट नेपाल आउने क्रममा करमानले चलाएको बिआर ०५ एई ७०५ नम्बरको मोटरसाइकल रोकी चेक गर्दा सिट मुनि र हेल्मेटमा लुकाई राखेको अवस्थामा उक्त रकम फेला परेको रौतहट प्रहरीका डीएसपी दिपककुमार रायले जानकारी दिए ।

उनका अनुसार १० लाख चार हजार पाँच सय नेपाली रुपैयाँ बरामद भएको हो । स्रोत नखुलेको रकमको बारेमा थप अनुसन्धान र कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.