इरानका सर्वोच्च नेताको दाबी, ‘आक्रमणबाट अमेरिकाले कुनै सफलता हासिल गरेन’

डिसी नेपाल
१३ असार २०८२ १२:२०
132
Shares

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकाले आफ्नो देशको आणविक स्थलहरूमा आक्रमण गरेर “केही पनि प्राप्त नगरेको” बताएका छन्।

खामेनीले भनेका छन् ‘अमेरिकाले इरानको आणविक कार्यक्रम रोक्ने प्रयासमा ‘कुनै उल्लेखनीय सफलता’ हासिल गरेको छैन।’ उनले कतारस्थित अमेरिकी हवाई अड्डामा इरानको आक्रमणलाई ठूलो ‘प्रहार’ भने।

अमेरिकाले इरानको आणविक स्थलहरूमा गरेको आक्रमणले ठूलो क्षति पुर्‍याएको कुरा बारम्बार दोहोर्‍याइरहेको बेला खामेनीले यो कुरा बताएका हुन्।

यसैबीच, अमेरिकी रक्षामन्त्रीले अमेरिका र इजरायलले प्राप्त गरेको गुप्तचर जानकारीले आक्रमणले इरानको आणविक कार्यक्रमलाई धेरै वर्ष पछाडि धकेलिएको देखाएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *