महाबु गाउँपालिकाले १५ असारमा बिदा नदिने, शनिबार पनि सेवा प्रवाह गरिने

डिसी नेपाल
१३ असार २०८२ १२:२९
140
Shares

काठमाडौं । कर्णाली प्रदेश सरकारले धान दिवसका अवसरमा १५ असारमा सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले सार्वजनिक बिदा दिए पनि दैलेखको महाबु गाउँपालिकाले भने सार्वजनिक बिदा नदिने भएको हो।

सार्वजनिक बिदाको दिन शनिबार र आइतबार कार्यालय सञ्चालनमा रहने गाउँपालिकाले जनाएको छ। आर्थिक वर्ष २०८१-०८२ को भुक्तानीको कार्यलाई मध्यनजर गर्दै मिति १४ गते शनिबार र १५ गते धान दिवसको दिन महाबु गाउँपालिका कार्यालय तथा अन्तर्गतका कार्यालयहरू बन्द नभई सेवा प्रवाह गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले जनाएका छन्।

सम्पूर्ण शाखाका प्रमुख तथा सम्पूर्ण कर्मचारीहरू अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई नियमित कार्यसम्पादन गर्न प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले जारी गरेको विज्ञप्तिमा आग्रह गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.