काठमाडौं भ्युटावरका ठेकेदार भेटवाल पक्राउ

डिसी नेपाल
१३ असार २०८२ १२:४३
3.6k
Shares

काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । १० करोडको चेक अनादर मुद्दामा कठमाडौं प्रहरी परिसरको टोलीले उनलाई पक्राउ गरेको हो ।

शुक्रबार उनलाई अनामनगरबाट पक्राउ गरिएको बताइएको छ । इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा १० करोडको चेक बाउन्स आरोपमा जाहेरी दर्ता भएको थियो। भेटवाल यसअघि ३ करोडको चेक बाउन्स आरोपमा पनि पक्राउ परेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.