युएसएआइडीको सहयोग रोकिदा एचआईभी-एड्स रोकथाममा चुनौती

डिसी नेपाल
१३ असार २०८२ १३:१५
88
Shares

काठमाडौं। नेपालमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) सहयोग कटौतीपछि एचआईभी÷एड्स रोकथाममा चुनौती देखिन थालेको छ।

शुक्रबार ‘एएचएफ नेपाल’ले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्ने वक्ताहरुले अमेरिकी सहयोग कटौतीले संक्रमितहरु प्रत्यक्ष प्रभावित भएको बताए।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका क्षेत्रमा कार्यरत संस्था ब्लू डाइमण्ड सोसाइटीमा आवद्ध ज्योति थापाले आफ्ना समूदायका व्यक्तिहरु बढी प्रभावित भएको सुनाइन्।

उनले युएसएआइडीको सहयोगमा २०-२१ वटा जिल्लाहरुमा एचआईभी एड्स रोकथामको लागि उपचार केन्द्रहरु सञ्चाल गरी सेवा दिइरहेको भएपनि सहयोग कटौती हुँदा समस्या भएको बताइन्।

सहयोग नै नआएपछि सोसाइटीले आफ्नो सेवाहरु सञ्चालन गर्न नसकिरहेको बताइन्। थापाले युएसएआइडीको सहयोग बन्द भएसँगै नेपालमा एचआईभीको संक्रमण पनि बढ्ने जोखिम रहेको बताइन्। उक्त सहयोग कटौंतीको असर प्रत्यक्ष रुपमा देखिन थालेको बताइन्।

उनले भनिन्,युएसएआइडीको प्रोजेक्ट या सहयोग नेपालमा जुन भइरहेको थियो त्यो बन्द भयो। जसले गर्दा ब्लु डाइमण्ड सोसाइटीबाट चलिरहेका ठूला कार्यक्रम एचआईभी-एड्स रोकथाम उपचार केन्द्र र अधिकारको वकालतका कार्यक्रमहरु देशका २० देखि २१ जिल्लाहरुमा राम्रोसँग चिलिरहेका कार्यक्रम धरापमा परेका छन्।’
कार्यक्रम नै ठप्प भएपछि एचआईभी-एड्सलाई २०३० सम्म अन्त्य गर्ने सरकारको लक्ष्यमा पुग्न नसकिने धारणा राखिन्।

कार्यक्रममा डा.सर्वेस शर्मालगायतले नेपालमा एचआइभी-एड्स रोकथाम कार्यक्रमलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने औंल्याए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.