अमेरिकी अर्थतन्त्र संकुचित अवस्थामा
एजेन्सी । यस वर्षको पहिलो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र तीन वर्षमा पहिलो पटक संकुचित भएको छ। अमेरिकी वाणिज्य विभागले बिहीबार जारी गरेको तथ्याङ्कअनुसार पछिल्लो तीन बर्षमा पहिलो पटक संकुचित भएको हो।
जनवरी–मार्च अवधिमा कुल गार्हस्थ्य उत्पादन वार्षिक ०.५ प्रतिशतको दरले घटेको छ, जुन अघिल्लो अनुमानभन्दा ०.३ प्रतिशत बिन्दुले घटेको हो। पहिलो त्रैमासिकमा अमेरिकी आर्थिक अवस्थामा मुख्यतया बढ्दो आयात र सुस्त उपभोक्ता खर्च जस्ता कारकहरूले भएको प्रतिवेदनमा उल्लेख छ।
पहिलो त्रैमासिकमा आयात ३७.९ प्रतिशतले बढेको छ र यसले कुल गार्हस्थ्य उत्पादनमा ४.६६ प्रतिशतको संकुचन ल्याएको प्रतिवेदनमा उल्लेख छ।
पहिलो त्रैमासिकको अवधीमा वृद्धि दर बढ्दो आयातले रोकिएको थियो। किनभने अमेरिकी फर्महरूले व्यापक कर लागू हुनुभन्दा पहिले विदेशी सामानहरू खरिद गर्न हतार गरेको उल्लेख छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व अर्थतन्त्रलाई नै असर पार्न सक्ने आर्थिक नीतिहरु लागू गरेपछि अर्थतन्त्र संकुचित बनेको बताइन्छ।
अमेरिकी अर्थतन्त्रको लगभग ७० प्रतिशत ओगटेको व्यक्तिगत उपभोग खर्च, त्रैमासिक दर ०.५ प्रतिशतले मात्र बढेको देखिन्छ। जुन अघिल्लो अनुमानमा १.२ प्रतिशतबाट उल्लेखनीय रूपमा घटेको हो। (सीसीटीभीप्लस)







डिसी नेपाल







Facebook Comment