डेङ्गु रोग नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम

डिसी नेपाल
१५ भदौ २०७६ २३:४३

भक्तपुर । डेङ्गु रोगको सङ्क्रमण बढेपछि यसलाई रोक्न जनचेतनामूलक र्याली प्रदर्शन गरिएको छ।

नेपाल स्काउटले स्थानीय तदर्थ परिषद् भक्तपुर नगरपालिकाको सहयोगमा प्रदर्शन गरेको र्याली दत्तात्रयबाट शुरु गरिएको थियो।

दत्तात्रयबाट शुरु गरिएको र्याली इनाचो, गोल्मढी, सुकुलढोका, टौमढी, गहिटी, बंशगोपाल, भार्वाचो, खौमा, दरबारक्षेत्र हुँंदै जिल्ला स्काउट कार्यालय दरबार स्क्वायर पुगेर समापन भएको थियो।

र्यालीमा सहभागी विद्यार्थीले डेङ्गु रोगविरुद्ध विभिन्न जनचेतनामूलक प्लेकार्ड बोकेका थिए भने विभिन्न पर्चा पनि वितरण गरेका थिए। र्यालीमा विभिन्न स्कूलका सयौँ स्काउटको सहभागिता रहेको थिए।

डेङ्गु ज्वरो एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग भएकाले यो रोग लागेपछि एक्कासी उच्च ज्वरो आउनु, आँंखाको गेडा तथा टाउकाको पछिल्लो भाग धेरै दुख्नु, शरीर कटकटी दुख्ने, शरीरमा विभिन्न बिमिरा आउने र रक्तश्राप हुनेलगायतका यसका लक्षण देखापर्नेबारेमा जानकारी गराइएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *