४७ ग्राम ब्राउन सुगरसहित दुई जना नियन्त्रणमा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिकै रहेको होटेलबाट असार १३ गते सशस्त्र प्रहरीले ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएकाहरूमा सिरहा जिल्लाको सिरहा नगरपालिका-८ बस्ने ४० वर्षीय मोहम्मद अख्तर मिया र धनुषा जिल्लाको कमला नगरपालिका-८ बस्ने ४२ वर्षीय सामन यादव छन्।
उनीहरूलाई सशस्त्र प्रहरी बलको ईन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सोही ठाउँमा रहेको दर्शन नमस्ते ईन होटेलबाट किनबेच गर्ने तयारी गरिरहेको समयमा ब्राउन सुगर र जोख्न प्रयोग हुने एक थान तराजु, ३ थान मोबाइल , २ वटा पासपोर्ट तथा नगद १२ हजार १ सय ७५ सहित नियन्त्रणमा लिएको हो।
उनीहरूले विगत लामो समयदेखि धनुषाको विभिन्न ठाउँहरूबाट लागू औषध ल्याई काठमाडौँमा बेचबिखन गर्दै आएको बताइएको छ।
नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद ब्राउनसुगरसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ।







डिसी नेपाल







Facebook Comment