गुल्मीमा भीरबाट लडेर महिलाको मृत्यु

डिसी नेपाल
१३ असार २०८२ १९:३७
100
Shares

गुल्मी । गुल्मीको मदाने गाउँपालिका–६ घ्युउपानीकी एक महिला घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ।

स्थानीय काउले भालुखोला सामुदायिक वनमा घाँस काट्न गएकी करिब ३१ वर्षीया लक्ष्मी थापा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले बताए।

उनी बिहीबार दिउँसो करिब ४ बजे घरबाट घाँस काट्न जंगल गएकी थिइन्। साँझसम्म पनि घर नफर्किएपछि परिवार र छिमेकीले खोजतलास गर्ने क्रममा सोही वन क्षेत्रको किरा चौर भीरबाट करिब १५/२० मिटर तल खसेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय पुर्कोट दहले जनाएको छ।

प्रहरीका अनुसार मृतक थापाका श्रीमान वैदेशिक रोजगारीमा छन् भने उनका दुई छोरा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *