धानको भुषभित्र लुकाइराखेको दुईसय १२ किलो गाजासहित चार पक्राउ

डिसी नेपाल
१४ असार २०८२ १५:२८
156
Shares

रौतहट । बारा प्रहरीले २ सय १२ किलो लागुऔषध गाजासहित चार जनालाई पक्राउ गरेको छ।

मकवानपुरको हेटौंडाबाट प्रर्सौनी गण्डकतर्फ आउँदै गरेको प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको पिकअप गाडीलाई शनिबार बिहान चेकजांच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध गाजा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बारा, ईलाका प्रहरी कार्यलय सिमरा र प्रसौनी बाराबाट खटिएको सयुक्त टोलीले परवानीपुर गाउँपालिका वाड न ५ बहुअरीबाट लागुऔषध गाजा बरामद गरेको प्रहरीले उल्लेख गरेको छ।

पिकअप गाडीमा धानको भुषभित्र लुकाइराखेको अवस्थामा २ सय १२ किलो ९२८ ग्राम लागुऔषध गाजा बरामद गरिएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए।

उनका अनुसार मकवानपुर थाहा नगरपालिका वाड न ४ का गाडी चालक बर्ष २८ को रवि कार्की , थाहा नगरपालिका वाड न १२ का बर्ष ४३ क वीर बहादुर गोले , हेटौंडा नगरपालिका १४ बस्ने बर्ष २३ को साजन मोक्तान र धादिङ थाक्रे गाउँपालिका वाड न ७ बस्ने बर्ष ३१ का महेश तामाङलाई पक्राउ गरिएको उनले जानकारी दिए।

उनीहरु पिकअप गाडीमा सवार रहेको प्रहरी नायव उपरीक्षक पण्डितले बताए। यस घटनाको बारेमा आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.