मुगुमा छाउपडी प्रथाविरुद्धको अभियान प्रभावकारी भएन्
मुगु । मुगुका चार स्थानीय तहमा संचालित छाउपडी प्रथा विरुद्धको अभियान प्रभावकारी नभएको गुनासो बढ्न थालेको छ।
गाउँ बस्तीमा रहेका महिला र शिकोरीहरुलाई सामाजिक बिकास कार्यालयको आर्थिक सहयोग र महिला अधिकार नेपाल केन्द्रको आयोजनामा सचेतना गरिदै आएको छ। तर ति कार्यक्रमहरु प्रभावकारी नभएको गुनासो आएको हो।
स्थानीय तहहरुले बिभिन्न संघ संस्थाको सहयोगमा बिगतका बर्षहरुमा छाउगोठ मुक्त वडा बस्तीहरु घोषणा गरेपनि कामज र कार्यक्रममा मात्र सिमित रहेको पाइएको छ।
जिल्लाको ग्रामीण समुदायमा बस्दै आएका महिलाहरु अहिलेसम्म छाउ भएको समय पाँच दिनसम्म र सुत्केरी भएको समयमा २० दिनसम्म गोठमा बस्दै आएका छन्।
उनीहरुलाई दुध दही, पोसिलो खानेकुरा, तरकारी, फलफुल नदिने गरिएको साथै सार्वजनिक धारा, मठ मन्दिरमा जान नदिने गरेको पाइन्छ। यस्ता अनेकौं कुप्रथा विरुद्ध जनचेतना दिनेकार्य गरेको महिला अधिकार नेपाल केन्द्र मुगुकी अध्यक्ष शुकुमाया शाहीले बताइन्।
विशेषगरी अशिक्षा, गरीबी र जनचेतनाको अभावका कराण छाउपडि कायमै रहेको जनचेतना कार्यक्रममा सहभागी खत्याडगाँउपालिका वडा नम्बर ६ की शान्ति रावलले बताइन्।
खत्याड गाँउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भरत बहादुर शाहीले यस्तो कुप्रथा हटाउन आफू बाध्य भएको बताए।







डिसी नेपाल







Facebook Comment