सर्बियाको राजधानीमा प्रहरी र प्रदर्शनकारीबीच झडप
काठमाडौं । सर्बियाको राजधानी बेलग्रेडमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति अलेक्जेन्डर भुचिकको १२ वर्षे शासनको अन्त्य र समयपूर्व चुनावको माग गरिरहेका छन्।
र्यालीमा लगभग १.४ लाख मानिसहरूले भाग लिएका थिए र यो पछिल्ला महिनाहरूमा सबैभन्दा ठूलो र्याली थियो। विद्यार्थीहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनमा संलग्न मानिसहरूले “हामी चुनाव चाहन्छौं” भन्ने नारा लगाए।
प्रदर्शनको क्रममा प्रहरीले धेरैलाई पक्राउ गरेको थियो। यसबाहेक भीडलाई तितरबितर पार्न अश्रुग्यास पनि प्रयोग गरिएको थियो। राष्ट्रपतिले प्रदर्शनकारीहरू देशलाई अस्थिर बनाउने विदेशी षड्यन्त्रको हिस्सा भएको आरोप लगाएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment