नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य

डिसी नेपाल
१५ असार २०८२ ११:४९
300
Shares

काठमाडौं । एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेटमा आइतबार नेपालले तुफानी ब्याटिङ गर्दै विशाल स्कोर बनाएको छ । आजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले इन्डोनेशियालाई ४२१ रनको लक्ष्य दिएको हो ।

नेपालले निर्धारित ५० ओभरको खेलमा पाँच विकेट गुमाउँदै ४२० रन बनाउँदा प्रशिद्ध जैसीले शतक बनाए । जैसीले ११४ बलमा १३२ रन बनाउँदा अर्का ओपनर परिमार्जन यादवले तुफानी इनिङ खेल्दै २८ बलमा ७१ रन बनाए ।

रौनक श्रीवास्तवले ८८, जोय थापा ५७ रन बनाए । सुगम बुढाथोकीले नटआउट ३९ रन बनाउँदा रोशन शाहीले १० रन बनाए । इन्डोनेशियाका लागि केतुत धर्मपुत्रले २ विकेट लिँदा रायन रिजा अथालिया, महेन्द्र अजी युद्ध प्रतमा र कविन निरज चड्डाले एक/एक विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.