१० वैज्ञानिकको ज्यान लिएको ‘श्रापित’ चिहानको ढुसीले क्यान्सरको उपचार हुने
काठमाडौं । इजिप्टमा रहेको एक चिहानलाई ‘श्रापित’ चिहान भनिन्छ । यो चिहानमा अनुसन्धान गरिरहेका १० जना वैज्ञानिकको ज्यान गएको थियो । कुनै विषाक्त पदार्थले यहाँ काम गर्ने अनुसन्धानकर्ताहरूलाई मारेको विश्वास गरिएको थियो ।
यो घटनापछि मानिसहरूले यसलाई फारो कर्स अर्थान फारोको श्राप नाम दिए। तर अनुसन्धानपछि वैज्ञानिकहरूले मृत्युको वास्तविक कारण विषालु ढुसी अर्थात फंगस भएको खुलासा गरे । यस फंगसको कारणले गर्दा १० अनुसन्धानकर्ताहरूलाई फोक्सोमा संक्रमण भयो र तिनीहरूको मृत्यु भएको वैज्ञानिकहरूले बताएका थिए ।
अब यो फंगस जीवन बचाउने माध्यम बनेको छ। यो विषालु फंगसमा विशेष प्रोटिन हुन्छ र यो प्रोटिनले ल्युकेमिया जस्ता रगतको क्यान्सर कोषहरूलाई बढ्नबाट रोक्न सक्ने वैज्ञानिकहरूको दाबी छ।
अनुसन्धानले पत्ता लगाएअनुसार यो प्रोटिनले क्यान्सर कोषहरू बिग्रनबाट रोक्छ। शरीरमा कोषहरू अनियन्त्रित रूपमा बढ्न थालेपछि क्यान्सर हुन्छ। यो सामान्यतया जीनमा परिवर्तनको कारणले सुरु हुन्छ।







डिसी नेपाल







Facebook Comment