आणविक निगरानी गर्ने संस्थाले नै गर्यो इरानमाथि अमेरिकाको आक्रमण सफल नभएको दाबी
काठमाडौं । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का महानिर्देशक राफेल ग्रोसीले इरानसँग केही महिना भित्रै युरेनियम संवर्धन पुनः सुरु गर्ने क्षमता रहेको बताएका छन्।
अमेरिकी मिडिया सीबीएस न्यूजलाई दिएको अन्तर्वार्तामा उनले भने ‘अमेरिकी आक्रमणबाट इरानको आणविक स्थलहरू क्षतिग्रस्त त भएका छन्, तर पूर्ण रूपमा नष्ट भएका छैनन्।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको आणविक स्थलहरू पूर्ण रूपमा ‘ध्वस्त’ पारेको दाबी गरिरहँदा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशकले यो कुरा बताएका हुन्।
इजरायलले जुन १३ मा इरान आणविक हतियार बनाउने सफलताको नजिक पुगेको दाबी गर्दै इरानको आणविक स्थलहरूमा आक्रमण गर्यो । यसपछि अमेरिकाले इरानको फोर्डो, नातान्ज र इस्फहान आणविक स्थलहरूमा आक्रमण गर्यो। इजरायल र अमेरिकाले गरेको आक्रमणको इरानले पनि बदला लियो।







डिसी नेपाल








Facebook Comment