राष्ट्रिय खेलकुद नीति सार्वजनिक

डिसी नेपाल
१६ असार २०८२ १७:२९
48
Shares

काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक गरेको छ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद नीति सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषद्को यहि असार ९ गते बसेको बैठकले उक्त नीति स्वीकृत गरेको थियो।

खेलकुदलाई जनजीवनको अभिन्न अंगको रुप्मा विकास गरि स्वस्थ, सक्षम र अनुशासित जनशक्ति तयार गरि राष्ट्र निर्माणमा योगदान पुराउने उदेश्यका साथ राष्ट्रिय खेलकुद नीति २०८२ तयार गरिएको मन्त्री चौधरीले बताए। उनले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यमा खेलकुद क्षेत्रको बिकास र विस्तार गर्ने लक्ष्य रहेको उल्लेख गरे।

खेलकुद नीतिमा २२ वटा रणनीतिका साथै ९२ वटा कार्यनीति समेटिएको मन्त्रालयले जनाएको छ। नीतिको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय खेलकुद अनुगमन समिति गठन गरिने मन्त्री चौधरीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.