इजरायल-इरान होइन, एक युरोपेली देश अब ‘गृहयुद्ध’को संघारमा
काठमाडाैं। अहिले एउटा युरोपेली देशमा क्रान्तिको खबर आएको छ। सर्बियाको विद्यार्थी क्रान्ति सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। ८ महिनाअघि सर्बियाको रेलवे स्टेशनमा भएको दुर्घटनाबाट निस्केको बिराेध अहिले विद्रोहको आगोमा परिणत भएको छ।
सर्बियाका राष्ट्रपतिलाई अपदस्त गर्न हजारौं विद्यार्थी सडकमा उत्रिएका छन् र सर्बियाका सडक गृहयुद्धको मैदान बनेका छन्। युरोपको शान्तिप्रिय देश अहिले रगतले रातो भएको छ।
सर्बियाको राजधानी बेलग्रेडमा हजारौं विद्यार्थी सडकमा उत्रिएका छन्। ठ्याक्कै त्यस्तै घटना सर्बियामा भइरहेको छ, जुन एक वर्ष पहिले बंगलादेशमा भएको थियो। प्रहरी र आन्दोलनरत विद्यार्थीबीच झडप भइरहेको छ। सर्बियामा ‘कू’को नारा गुन्जिरहेको छ।
एकातिर सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुकिकसँग आक्रोशित विद्यार्थीहरूको भीड, अर्कोतर्फ प्रहरीले लाठी, हथकडी र अश्रुग्यास प्रहार गरेको छ। सर्बियाका सडकहरू गृहयुद्धको रणभूमि बनेका छन्।
के पुटिनको नजिक सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकको १२ वर्ष पुरानो साम्राज्य ध्वस्त हुन लागेको हाे ? के अलेक्जेन्डरको शासन पनि शेख हसिना जस्तै समाप्त हुन गइरहेको छ ? प्रश्न उठिरहेकाे छ। आन्दोलनकारीले यसलाई स्वतन्त्रताको लडाइँ भन्दै नाराबाजी गरिरहेका छन्।
भुकिकले जान्नु पर्छ कि सर्बियामा ८ महिनादेखि विद्यार्थी आन्दोलन चलिरहेको थियो तर अहिले यो आन्दोलन नियन्त्रण बाहिर गएको छ। सर्बियामा गृहयुद्धको यो हुंकार ८ महिनाअघि भएको दुर्घटनापछि निस्किएको थियो। खासमा १ नोभेम्बर २०२४ मा नोभि साद शहरको एक रेलवे स्टेशनको छत भत्किँदा १६ जनाको मृत्यु भएको थियो।
यो घटनाले सर्बियाली सरकारको लापरवाही र भ्रष्टाचार विरुद्ध आक्रोश जगायाे। यी आन्दोलनको नेतृत्व देशका विश्वविद्यालयका विद्यार्थीहरूले गरिरहेका छन्। अब विद्यार्थीहरूको नेतृत्वमा भएको यो आक्रोश राष्ट्रपति अलेक्जेन्डरको तानाशाही विरुद्ध राष्ट्रिय विद्रोहमा परिणत भएको छ।
अब यो आन्दोलन यति ठूलो भएको छ कि सर्बियाका प्रधानमन्त्री मिलोस भुसेभिकले दबाबमा राजीनामा दिइसकेका छन् तर राष्ट्रपति भुकिक भने अझै पनि सत्तामा छन्। बिर्धाथीहरूले उनीहरूकाे राजिनामा माग गरिरहेका छन्।







डिसी नेपाल








Facebook Comment