चीन भाग्न लागेका अर्का एटिएम ह्याकर विमानस्थलमा समातिए, अझै २ जना फरार

डिसी नेपाल
१६ भदौ २०७६ ११:२०

काठमाडौं। बैंकको एटिएम बुथबाट पैसा निकाल्ने चिनियाँ गिरोहका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप एक जनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३६ वर्षीय सु लुसली छन्।

यसअघि शनिबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो। फरार तीन जनामध्ये सु पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। सु चीन जाने तयारीसाथ विमानस्थल पुगेका थिए। उनको साथबाट पाँच हजार अमेरिकी डलर बरामद भएको परिसरले जनाएको छ। आठ जना चिनियाँ नागरिकले उपकरण प्रयोग गरी आधा दर्जन बैंकको एटिएम बुथबाट पौने दुई करोड रुपैयाँ निकालेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *