सिंगापुर विरुद्धको फाइनल खेलमा नेपालले पहिला बलिङ गर्दै
काठमाडौं। एसिसी मेन्स यु-१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले टस हारेर बलिङ गर्दैछ।
आजको खेलमा सिंगापुरले टस जितेर पहिलो ब्याटिङ गर्दैछ। घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनल पुगेको थियो।
उता, सिंगापुरले भने सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो। नेपाल र सिंगापुर एकै समूहमा रहेका थिए। समूह चरणमा नेपालले सिंगापरलाई ६ विकेटले पराजित गरेको थियो।
गत संस्करणको फाइनलमा मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन भएको थियो। यसपाली पनि उपाधि हासिल गर्नको लागि नेपाली टोली लागेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment