तीजको ब्रत बस्न भन्दै बिहानै नुहाउन गएका ३ जना चेली फर्किएनन्
सांकेतीक तस्वीर
कपिलवस्तु । कपिलवस्तु स् शुद्धोधन गाउँपालिका-६मा बेथि नदीको वेलभरिया सन्तघाटमा नुहाउन गएका तीनजना महिला बेपत्ता भएका छन्। हरितालिका तीजका अवसरमा नुहाउन गएका तारा कहार, खुब्बु रैदास र तारामति कोहार बेपत्ता भएका छन्।
बेपत्ता भएकाको खोजी भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ। घटना स्थलमा अहिले प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दीप शमशेर जवरा लगायतको सुरक्षा टोली पुगेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment