पहिलो हाफमा नेपाल ३-१ गोलले पछाडि

डिसी नेपाल
२१ असार २०८२ २२:१८
168
Shares

काठमाडौं। एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको निर्णायक खेलको पहिलो हाफमा नेपाल ३–१ गोलले पछाडि परेको छ।

उज्वेकिस्तानमा जारी खेलमा नेपालले सुरुवातमै गोल खान पुगेको थियो। खराब सुरुवात गरेको नेपालले दोस्रो मिनेटमा नै गोल खाएको थियो। ११ औँ मिनेटमा समीक्षा घिमिरेले आत्मघाती गोल गरेपछि नेपाल २–०ले पछाडि परेको थियो।

खेलका २४ औँ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि एक गोल फर्काएकी थिइन्। तर ३९ औँ मिनेटमा पेनाल्टीमार्फत उज्वेकिस्तानले तेस्रो गोल गर्‍यो।

पहिलो हाफको इन्जुरी समयमा एर्गासेभा नोजिमाखोनले रातो कार्ड पाएपछि उज्वेकिस्तान १० खेलाडीमा सीमित भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *